You are viewing the translated version of विवरण तथा फाइल हस्तान्तरण गर्ने.

Rule 32
विवरण तथा फाइल हस्तान्तरण गर्ने
(१) यो नियमावली प्रारम्भ हुनु अघि केन्द्रबाट जीवनाशक विषादीको बिक्री वितरण, भण्डारण, व्यावसायिक प्रयोग र विषादी छर्कने व्यवसायीलाई दिइएको इजाजतपत्र सम्बन्धी कागजात, विवरण तथा फाइल केन्द्रले ऐनको दफा ३९ बमोजिमको सम्बन्धित प्रदेशको प्रदेश जीवनाशक विषादी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु पर्नेछ।

(२) ऐनको (दफा ३९ बमोजिमको प्रदेश जीवनाशक विषादी व्यवस्थापन, समिति गठन नभएसम्मको लागि सम्बन्धित प्रदेशको कृषि विषय हेर्ने मन्त्रालयको सिफारिसमा यो नियमावली प्रारम्भ हुनुभन्दा अघि जीवनाशक विषादीको बिक्री वितरण, भण्डारण, व्यावसायिक प्रयोग गर्ने र विषादी छर्कने, व्यवसायीलाई दिइएको इजाजतपत्र केन्द्रबाट नवीकरण गर्न सकिनेछ।